१३ असार २०८३, शनिबार

हावाहुरीले झापामा ठूलो क्षति: जताततै बिजुलीका पोल र रुख ढले, विद्युत् सेवा अवरुद्ध

भदौ २, २०८१
काठमाडौं
हावाहुरीले झापामा ठूलो क्षति: जताततै बिजुलीका पोल र रुख ढले, विद्युत् सेवा अवरुद्ध
फाइल तस्वीर

हावाहुरीले झापामा ठूलो क्षति पुर्‍याएको छ । हावाहुरीका कारण जताततै बिजुलीका पोल ढलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार हावाहुरीले घरका छाना उडाउनुका साथै रुखहरू समेत ढलेका छन् । 

क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए । उनले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताए ।

उनका अनुसार राजमार्गमा ढलेका रुखहरू राति नै जेसीबी लगाएर पन्छाइएको छ । 

चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ । 

चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२३च ५०९३ नं को कारमा क्षति भएको उनले जानकारी दिए । कारमा पाँच जना सवार रहेका र सबै सकुशल रहेको उनको भनाइ छ । 

हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्