
भारतको औपचारिक भ्रमणको शिलशिलामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छिन् ।
आइतबार भिस्तारा एयरको विमानमार्फत देउवा नयाँ दिल्ली पुगेकी हुन् ।
आरजुलाई भारतीय विदेश मन्त्रालयका प्रतिनिधि अनुराग श्रीवास्तव र दिल्लीस्थित कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका थिए ।
यसैगरी राणा आइतबार साँझ नेपाली दूतावासको भ्रमणमा पनि पुगिन् भने सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भारतीय विदेश मन्त्री डा. एस जयशंकरको निमन्त्रणामा दिल्ली गएकी देउवा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।