३२ असार २०८३, बिहीबार

शैल्यशिखरका कृषि प्राविधिक अधिकृत धामीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भदौ २, २०८१
काठमाडौं
शैल्यशिखरका कृषि प्राविधिक अधिकृत धामीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कृषि समूहको बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरू सेवाग्राहीबाट लिएको नगद ४ लाख १२ हजार रुपैयाँ, अशोकसिंह धामीको नाममा काटिएको ५ लाख रुपैयाँको चेकसहित पक्राउ परेका थिए ।

कृषि समूहको बिल भुक्तानी गर्दा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

आयोगले उनीहरूविरुद्ध ९ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्