११ असार २०८३, बिहीबार

मेयर बालेन र उपमेयर सुनिताको एआई भिडिओ बनाएको आरोपमा ​एक जना पक्राउ​

भदौ २, २०८१
काठमाडौं
मेयर बालेन र उपमेयर सुनिताको एआई भिडिओ बनाएको आरोपमा ​एक जना पक्राउ​
फाइल फोटो

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगबाट विशिष्ट व्यक्तिहरूको नक्कली भिडिओ बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाजुराका २२ वर्षीय रमेशबहादुर रावत छन् । उनलाई प्रहरीको साइबर ब्यूरोले सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।​

केही दिन अगाडि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एआई भिडिओ भाइरल भएको थियो ।​​

त्यसविरुद्ध डंगोलले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

null

salt training

कमेन्ट गर्नुहोस्