२८ असार २०८३, आइतबार

साफ च्याम्पियनसिपमा नेपालको सुखद शुरूआत, श्रीलङ्कालाई १-० हरायो

भदौ २, २०८१
काठमाडौं
साफ च्याम्पियनसिपमा नेपालको सुखद शुरूआत, श्रीलङ्कालाई १-० हरायो

यू-२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्‌घाटन खेलमा नेपालले सुखद शुरूआत गरेको छ ।​

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा नेपालले श्रीलङ्कालाई १-० गोलअन्तरले पराजित गर्दै सुखद शुरूआत गरेको हो ।

जीतसँगै नेपालले तीन अङ्क जोडेको छ ।

नेपालको जीतमा निराजन धामी नायक बने । उनले खेलको २४औं मिनेटमा गोल गरेका थिए ।

आजको खेलमा तुलनात्मकरूपमा बल पोजिसनमा नेपालको पक्ष राम्रो देखिए पनि फिनिसिङ राम्रो नहुँदा नेपालले कैयौं अवसर गुमाएको थियो ।

च्याम्पियनसिपको समूह ‘ए’मा नेपाल, श्रीलङ्का  र बङ्गलादेश छन् भने समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् ।

समूह ‘ए’को खेलमा श्रीलङ्का बङ्गलादेशसँग पराजित भएमा नेपाल एक खेल अगावै सेमिफाइनल पुग्नेछ । ​

प्रतियोगिताअन्तर्गत सोमबार समूह ‘बी’मा रहेको भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेदेखि हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्