०२ असार २०८३, मंगलबार

एमालेले र माओवादीले किन सकेनन् उम्मेदवारको टुंगो लगाउन ?

कात्तिक २०, २०७४
एमालेले र माओवादीले किन सकेनन्  उम्मेदवारको  टुंगो लगाउन  ?


काठमाडौँ, १२ कात्तिक - नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सोमबारसम्म प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन् ।uml maoist

आज बसेको पार्टी एकता संयोजन समिति र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले सोमबारसम्म सबै तहको उम्मेदवार निक्र्योल गर्ने निर्णय गरेको हो ।

दुई जिल्लाका केही क्षेत्रमा उम्मेदवारीको विषयलाई टुङ्ग्याउन बाँकी रहेको जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले अरु क्षेत्रमा भने सहमति भएको बताइन् । उनले आज प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम टुंगो लगाउने कार्यक्रम रहेकाले प्रत्यक्षतर्फको उम्मेदवारी छनोटलाई अन्तिम रुप दिन नसकिएको बताइन् ।

समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउन आज दुवै पार्टीका शीर्ष नेता व्यस्त रहेका थिए । नियमितजसो छलफल गरेर उम्मेदवारको विषयमा लगभग अन्तिम निष्कर्षमा पुगिएको बताइए पनि कुनै निर्णय भने सार्वजनिक गरिएको छैन । उता उम्मेदवार छनोटको विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक यो समाचार तयार पार्दासम्म जारी रहेको छ ।

एमाले प्रचार विभागका सचिव विष्णु रिजालले सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारको टुंगो लागेको र प्रतिनिधि सभातर्फका समानुपातिक उम्मेदवारको विषयमा छलफल जारी रहेको र आजै राति अबेरसम्म टुंगो लाग्ने जानकारी दिए ।

आज राति १२ बजेसम्म समानुपातिकतर्फका सबै उम्मेदवारको अन्तिम नाम आयोगमा बुझाइसक्नुपर्ने कार्यतालिका रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्