२४ जेठ २०८३, आइतबार

गोसाइँकुण्ड गएका तीर्थयात्री फर्कन थाले

भदौ ३, २०८१
रसुवा
गोसाइँकुण्ड गएका तीर्थयात्री फर्कन थाले

जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका भक्तजन धार्मीककार्य सम्पन्न गरी धमाधम आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार आज जनैपूर्णिमा पर्वका दिन आठ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजाआजा सम्पन्न गरी फर्किएका छन् । नाग पञ्चमीदेखि जनैपूर्णिमा पर्वसम्म आइपुग्दा ११ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको प्रजिअ खनालले बताए ।

व्यक्तिगत सवारीसाधन प्रयोग गर्ने तीर्थयात्री रसुवाबाट बाहिरीसकेका छन् भने सार्वजनिक यातायात प्रयोग गर्ने तीर्थयात्रु भने बस तथा माइक्रो पर्खाइमा रहेका छन् ।

मेलामा आउने यात्रुलाई सहज तुल्याउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले २४ सैं घण्टा आफ्नो आधार इलाकाको मोटरबाटो खुला गरेका कारण राति अवेरसम्म यात्रुवाहक सवारी साधन सञ्चालनमा आएका छन् ।

तीर्थयात्रुका लागि नेपाली सेना, स्वास्थ्य कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल धुञ्चे, हिमालय उद्धार सङ्घ, जिल्ला आयुर्वेद र नेपाल रेडक्रससमेतका निकायले सेवा पुर्‍याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्