२५ जेठ २०८३, सोमबार

विश्वकप लिग टुमा क्यानडाको लगातार चौथो हार

भदौ ४, २०८१
काठमाडौं
विश्वकप लिग टुमा क्यानडाको लगातार चौथो हार

आइसीसी विश्वकप लिग टु सिरिजअन्तर्गत क्यानडाले लगातार चौथो हार बेहोरेको छ । नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा अमेरिकाले क्यानडामाथि ५० रनको जीत हात पारेको हो ।

अमेरिकाले प्रस्तुत गरेको २७६ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७ ओभरमा २२५ रन मात्रै बनाएर अल आउट भयो । क्यानडाका लागि पर्गत सिंहले ८० बलमा सर्वाधिक ७२ र श्रेयस माभ्भाले ९५ बलमा ६८ रन जोडे ।

आदित्य भरान्दराजनले २५, ओपनर आरोन जोनसनले १०, कप्तान निकोलस किर्तनले ९ रन जोडे । अमेरिकाका लागि शाल्डि भान साक्वयले ४, जसदिप सिंह र हरमित सिंहले समान २ तथा यासिर मोहम्मद र नोस्तुश केन्जिगेले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ ७५ रन जोडेको थियो । अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ७० रन जोडे । आरोन जोन्सले ५०, मिलान्ड कुमारले ४७, स्टेभन टेलरले ४६, कप्तान मोनांक पटेलले २६ रन जोडे ।

क्यानडाका लागि साद विन जाफरले ३, कलिम सानाले २ र डिलोन हेलिङ्गरले १ विकेट लिए । जितसँगै ८ टोली सहभागी लिग टु मा ४ अंकका साथ अमेरिका पाँचौ स्थानमा उक्लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्