०६ असार २०८३, शनिबार

शारीरिक सम्पर्क गरेको दृश्य भाइले देख्दा हत्या, दिदीद्वारा चौकीमा आत्महत्या

कात्तिक २०, २०७४
शारीरिक सम्पर्क गरेको दृश्य भाइले देख्दा हत्या, दिदीद्वारा चौकीमा आत्महत्या
सिरहा, १३ कात्तिक- भाइको हत्या आरोपमा पक्राउ परेकी दिदीले सिरहाको विष्णुपुर प्रहरी चौकीमै आत्महत्या गरेकी छिन्।suicide
कर्जन्हा नगरपालिकाको बन्दिपुरका १३ वर्षीय भवेशकुमार यादवको हत्या उनका साथी सञ्जयकुमार साह र नाताले दिदी पर्ने प्रियंकाले गरेको भन्दै प्रहरीले आइतबार उनीहरुलाई सार्वजनिक गरेको थियो।

ईलाका प्रहरी कार्यालय मिर्चैयामा सार्वजनिक गरिए पनि कैदी राख्ने ठाउँ नभएपछि विष्णुपुर पुर्याइएकी प्रियंकाले त्यही शौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए। प्रियंका बहाना बनाएर शौचालय प्रवेश गरेको र आत्महत्या गरेको प्रहरीले बताएको छ ।
बालक हत्यामा संलग्न अभियुक्त १४ वर्षीय सञ्जय र १६ वर्षीया प्रियंकालाई मिर्चैया इलाकाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। भैंसी चराउन जाँदा शारीरिक सम्पर्क गरेको दृश्य भाइले देखेको र परिवारमा भन्ने डरले उसको हत्या गरेको वयान उनीहरुले प्रहरी समक्ष दिएका थिए।
रहस्य सार्वजनिक गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेकी दिन प्रियंकाले प्रहरी चौकीको शौचालयमा आत्महत्या गरेकी हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्