२५ असार २०८३, बिहीबार

रास्वपा केन्द्रीय समिति बैठकका एजेण्डा थपेर १० वटा बनाइयो

भदौ ४, २०८१
काठमाडौं
रास्वपा केन्द्रीय समिति बैठकका एजेण्डा थपेर १० वटा बनाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकका एजेण्डा थप गरेको छ । 

 यसअघि रास्वपाले ७ वटा एजेण्डा तय गरेकोमा अहिले थपेर १० वटा कायम गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीे जानकारी दिए । बैठक बुधबारदेखि सुरु हुँदैछ ।

बैठकबाट अनुशासनको कारबाहीलगायतका विषयमा आवश्यक छलफल हुनुका साथै पार्टीलाई प्रभावकारी ढंगले अघि बढाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय हुने बताइएको छ । 

बैठकका एजेण्डा– 
 १. समसामयिक राजनीति र पार्टी गतिविधि ।
२. राष्ट्रिय भेला ।
३. कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम ।
४. संगठन निर्माण सम्बन्धी कार्यविधि संशोधन ।
५. केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धी बारे छलफल ।
६. स्थानीय तह उपनिर्वाचन बारे ।
७. संविधान दिवसको कार्यक्रम बारे ।
८. भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफल।
९. केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदन बारे ।
१०. विविध
 

salt training

कमेन्ट गर्नुहोस्