०२ असार २०८३, मंगलबार

भारतको राजधानी दिल्लीका विभिन्न सपिङ मलमा बम आक्रमणको धम्की

भदौ ५, २०८१
काठमाडौं
भारतको राजधानी दिल्लीका विभिन्न सपिङ मलमा बम आक्रमणको धम्की

भारतको राजधानीका विभिन्न सपिङ मलहरूमा बम आक्रमणको धम्की आएको नयाँ दिल्ली प्रहरीले जनाएको छ ।

दिल्ली प्रहरीकाअनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहमा बम विस्फोटको धम्की पत्र प्राप्त भएको थियो ।

सूचना प्राप्त हुनेवित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी दिएका थिए । 

दिल्ली प्रहरीले जानकारी पाएलगत्तै अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो । 

प्रहरीले धम्कीबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो । तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्