२२ जेठ २०८३, शुक्रबार

इरानमा पाकिस्तानी तीर्थयात्रीले भरिएको बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु

भदौ ५, २०८१
काठमाडौं
इरानमा पाकिस्तानी तीर्थयात्रीले भरिएको बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु

इरानमा पाकिस्तानी तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार इरानको याजद शहरमा मंगलबार राति ब्रेक फेल भएर बस दुर्घटना भएको हो ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको समाचारमा उल्लेख छ । पाकिस्तानको डन अखबारका अनुसार दुर्घटना हुँदा बसमा ५३ जना यात्रु थिए ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले दुर्घटनापछि परराष्ट्र मन्त्रालयलाई शव फिर्ता ल्याउन र घाइतेहरूलाई समयमै सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।

इरानमा हरेक वर्ष २० हजार मानिस दुर्घटनामा मर्ने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्