०५ असार २०८३, शुक्रबार

माओवादी बागमती प्रदेशको परामर्श बैठक शुरू

भदौ ५, २०८१
काठमाडौं
माओवादी बागमती प्रदेशको परामर्श बैठक शुरू

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र बागमती प्रदेश पदाधिकारीहरूको परामर्श बैठक शुरू भएको छ ।

केन्द्रीय कमिटीको पूर्ण बैठक बस्नुअगाडि तयारी स्वरूप परामर्श बैठक बसेको हो ।

बैठक आज र भोलि चल्ने माओवादीले जनाएको छ ।

‘पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय साउन २५, २६, २७, २८, ३० र ३१ गते बसेको पदाधिकारी बैठकले गरेको थियो’ माओवादीले भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्