२३ असार २०८३, मंगलबार

नागढुंगामा सुख्खा पहिरो, त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध

दुवैतर्फ डोजर तयारी अवस्थामा राखिए पनि ढुंगा खसिरहेकोले हटाउन समस्या
भदौ ५, २०८१
काठमाडौं
नागढुंगामा सुख्खा पहिरो, त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध

त्रिभुवन राजपथअन्तर्गत नागढुंगाको नागमन्दिर नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । आज बिहान ११ बजेतिर खसेको सुख्खा पहिरोले नागढुंगा-काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको हो । 

सडक अवरुद्ध भएसँगै नौबिसे हुँदै काठमाडौं आउने र काठमाडौं हुँदै नौबिसेतिर जाने सवारीसाधन बाटोमै रोकिएका छन् । 

नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकोले काठमाडौं-नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए ।  

‘सुख्खा पहिरो जानेक्रम रोकिएको छैन, ढुंगाहरू खसिरहेका छन्,’ थपलियाले लोकान्तरसँग भने, ‘अहिले पानी पनि परिरहेको छ। पहिरो हटाउन दुवैतर्फ डोजर तयारी अवस्थामा राखिए पनि ढुंगा खसिरहेकोले हटाउने अवस्था छैन ।’

ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम शुरू हुने उनले बताए ।

 

salt training

कमेन्ट गर्नुहोस्