२५ असार २०८३, बिहीबार

भारतीय प्रधानमन्त्री मोदी बुधवार पोल्यान्ड प्रस्थान, त्यसपछि युक्रेन जाने

भदौ ५, २०८१
काठमाडौं
भारतीय प्रधानमन्त्री मोदी बुधवार पोल्यान्ड प्रस्थान, त्यसपछि युक्रेन जाने

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने पोल्यान्ड र युक्रेन भ्रमणका क्रममा बुधवार पोल्यान्डतर्फ प्रस्थान गरेका छन् । 

कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा गरेको अवसरमा भ्रमणका लागि नयाँ दिल्लीबाट पोल्यान्ड प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले आगामी दिनमा दुई देशसँगको सम्बन्ध  जीवन्त बनाउन तत्पर रहेको बताएका छन् । 
 
यसैक्रममा उनले पोल्यान्ड मध्य युरोपको प्रमुख आर्थिक साझेदार रहेको जनाउँदै लोकतन्त्र र बहुलवादप्रति आपसी प्रतिबद्धताले सम्बन्धलाई अझ सुदृढ पार्ने उल्लेख गरे । 

मोदीले प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडासँग भेटवार्ता गरी साझेदारीलाई अगाडि बढाउनका लागि उत्सुक रहेको बताएका छन् । साथै पोल्यान्डमा भारतीय समुदायसँग पनि साक्षात्कार हुने उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।  

पोल्यान्ड भ्रमणपछि उनी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निमन्त्रणामा युक्रेन जाने कार्यक्रम तय भएको छ । भारतीय प्रधानमन्त्री मोदीको यो पहिलो युक्रेन भ्रमण हुनेछ । मोदीले युक्रेनी नेतृत्वसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानउन्मुख वार्ता गर्ने जनाइएको छ । 

युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि द्विपक्षीय सहयोगलाई बलियो बनाउन राष्ट्रपति जेलेन्स्कीसँग पहिलेको सम्झौतालाई अगाडि बढाउने अवसरको प्रतिक्षामा रहेको प्रधानमन्त्री मोदीले बताएका छन् ।

प्रधानमन्त्री माेदीले भ्रमणले दुई देशसँगको सम्पर्कको निरन्तरताको रूपमा काम गरी आगामी दिनमा जीवन्त सम्बन्धको जग निर्माण गर्न मद्दत गर्ने बताएका छन् । 

प्रधानमन्त्री मोदीलाई वार्सामा औपचारिक स्वागत गरिनेछ । पोल्यान्डको भ्रमणपछि मोदी युक्रेनको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री मोदी  पोल्यान्ड र युक्रेनको भ्रमणको उद्देश्यमा नेतृत्वसँग छलफल, भारतीय समुदाय, व्यापारीसँगको अन्तरक्रिया समावेश भएको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले  सामाजिक सञ्जाल एक्समार्फत जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्