२७ असार २०८३, शनिबार

भ्रष्टाचार निवारणसम्बन्धी विधेयकलाई चाँडै टुङ्गोमा पुर्‍याउनुपर्छ : गृहमन्त्री लेखक

भदौ ५, २०८१
काठमाडौं
भ्रष्टाचार निवारणसम्बन्धी विधेयकलाई चाँडै टुङ्गोमा पुर्‍याउनुपर्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन २०५९ लाई संशोधन विधेयकमाथि भएको छलफलमा केही महत्त्वपूर्ण विषय पहिचान भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमाथिको छलफलका क्रममा मन्त्री लेखकले यस्तो बताएका हुन् ।

धेरै विषय छलफलका क्रममा पहिचान भइसकेकाले पहिचान भएका विषयमा केन्द्रित बनेर दफावार छलफल गरी निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ ।

'मुलतः उठेका केही महत्त्वपूर्ण विषय केही पहिचान भएका छन् । यी विषयका पहिचान भइसकेपछि अब सम्मानित समितिले चाँडोभन्दा चाँडो यी विषयहरूका बारेमा दफावार छलफलमा गएर यी विषयहरू जुन-जुन विषयसँग सम्बन्धित छन् त्यो दफामा निर्णय गरेर निष्कर्षमा पुग्नुपर्छ,' उनले भने, 'दफावार छलफलमा प्रवेश गरेपछि दफा-दफामा छलफल हुँदा सरकारले धारणा राख्छ ।'

छलफलका क्रममा सरकारले आफ्नो धारणा र विषयहरू राखेपछि अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको उनले बताए ।

'भ्रष्टाचार निवारणसम्बन्धी ऐनको महत्त्व छ । यो गम्भीर र संवेदनशील विषय हो,' उनले भने, 'चाँडोभन्दा चाँडो समिति र सभाबाट पनि पारित भएर लागू गर्न सकियोस् भन्ने आग्रह गर्दछु ।'

उनले हदम्यादको कुरो गम्भीरताका साथ उठेको बताउँदै स्वार्थ बाझिएको विषय के ? भन्ने विषय पनि उठेको धारणा राखे ।

salt training

कमेन्ट गर्नुहोस्