छेन्दु– चीनको दक्षिण–पश्चिम सिचुआन प्रान्तस्थित कोइला खानीमा बुधवार दुर्घटना हुँदा सात जनाको मृत्यु भएको स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार कोइला खानीमा एकजना अझै फसिरहेका छन् ।
सीसीटीभीका अनुसार दुर्घटना सिचुआन प्रान्तको लेसान शहरको कोइला खानीमा कामदारले भेन्टिलेसनबाट हावा पठाउन काम गरिरहेकाे समय बिहान १० बजे भएको थियो ।
खोज तथा उद्धार टोलीले समाचार तयार पार्दासम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ भने एक व्यक्ति अझै बेपत्ता भएकाले खोजी र उद्धार कार्य जारी रहेको जनाएको छ ।
दुर्घटनाको कारणबारे खोज तथा अनुसन्धान भइरहेको छ । थप विवरण आउन बाँकी छ ।