२८ जेठ २०८३, बिहीबार

घाँसी कुवामा पहिरो : निर्माणाधीन सडकको भित्तो खसेपछि ठूला गाडी रोकिए, सानालाई 'डाइभर्ट'

भदौ ५, २०८१
तनहुँ
घाँसी कुवामा पहिरो : निर्माणाधीन सडकको भित्तो खसेपछि ठूला गाडी रोकिए, सानालाई 'डाइभर्ट'
तस्वीर : कृष्ण न्यौपाने

​तनहुँको व्यास नगरपालिका– १२ घाँसी कुवामा पहिरो गएको छ ।

विस्तारको काम भइरहेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक खण्ड पहिरोपछि अवरुद्ध बनेको छ ।

सडक विस्तारका क्रममा भित्तो अग्लो भएको र लगातार वर्षापछि पहिरो गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीका अनुसार अहिले पहिरोले ठूला गाडी रोकिए पनि साना गाडीलाई डाइभर्सन गरेर पठाइएको छ ।

उनले भने, ‘हामीले सडक डिभिजन कार्यालय र नगरपालिकासँग समन्वय गरेर पहिरो पन्छाउने विषयमा कुरा राखेका छौं । पहिरो पन्छिन केही समय लाग्छ ।’

salt training

कमेन्ट गर्नुहोस्