०४ असार २०८३, बिहीबार

जीप दुर्घटनाका गम्भीर घाइतेलाई सुर्खेत पठाइयो

भदौ ५, २०८१
हुम्ला
जीप दुर्घटनाका गम्भीर घाइतेलाई सुर्खेत पठाइयो
फाइल फोटो

हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ । 

आज बिहान पालिकाको दार्मा गौरी सल्ला मोडमा जीप दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका चालकसहित तीन जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको भने गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  

गम्भीर घाइते भएका चङ्खेली गाउँपालिका–२ सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही, रारा छायानाथ नगरपालिका– १३ का रमेश मल्ल र रारा छायानाथ–१ का पृथ्वी राउतलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत पठाइएको हो । 

यस्तै दुर्घटनाका घाइते बाजुराको बूढीनन्दा नगरपालिका–४ का सवारी चालक महेन्द्रविक्रम शाह, १५ वर्षीय रविन शाही र चङ्खेली गाउँपालिका–२ का मायादेवी शाहीको अवस्था सामान्य रहेको छ ।

तीनै जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खड्काले जानकारी दिए ।

कर्णाली प्रदेश ०२–००१ च ०९२२ बोलेरो जीप आज बिहान ८ बजेतिर दुर्घटनामा परेको थियो ।

सडकबाट एक सय ५० मिटर तल खसेको जीप स्थानीय खड्कबहादुर शाहीको घर पछाडिपट्टि अड्किएको छ ।

salt training

कमेन्ट गर्नुहोस्