२२ जेठ २०८३, शुक्रबार

प्रेस काउन्सिलका अध्यक्षको आग्रह– समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगरौं

भदौ ५, २०८१
काठमाडौं
प्रेस काउन्सिलका अध्यक्षको आग्रह– समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगरौं

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगर्न आग्रह गरेका छन् । प्रेस कार्ड दुरुपयोग गरेको पाइए कुनै पनि पत्रकारलाई कडा कारबाही गर्ने उनले चेतावनीसमेत दिए । 

बुधवार काउन्सिलमा भएको एक अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि हतियारका रुपमा प्रेस परिचयपत्र उपलब्ध हुने बताए । 

’डाक्टरको हातमा भएको चक्कु गलत प्रयोग गरिए के हुन्छ ? पछिल्ला दिन प्रेस पास दुरुपयोगमा छानबिन भइरहेको जानकारी दिँदै उनले भने, ’मिडियाको प्रेस पास पनि त्यस्तै हो । पत्रकारिताको हितमा समर्पित गर्न पत्रकारलाई प्रेस पास दिइएको हो ।’

null

बस्नेतले सामाजिक सञ्जालमा आएका सूचना र सञ्चारमाध्यमका समाचारले आममानिसमा अन्योलता र समस्या सिर्जना गरेकाले मिडिया साक्षरता सबैका लागि जरुरी भएको औँल्याए । 

‘पत्रकारलाई, सञ्चारमाध्यमलाई मात्र होइन, अहिले सूचना प्रविधिको कारण मिडिया साक्षरता समाजका लागि पनि आवश्यक छ । हामीले कुन कस्तो मिडिया हो, फरक छुट्याउन सक्नुपर्छ,’ उनले भने । 

आम सूचना अहिले जसले जहाँबाट पनि दिन सक्ने भन्दै अध्यक्ष बस्नेतले पत्रकारले निर्माणका कुरा, सकारात्मक परिवर्तनका सवाल र रचनात्मक विषयलाई सम्प्रेषण गर्न सक्नुपर्ने बताए । 

काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन मापदण्ड बनाइ आवश्यक नियमन गर्दै आएको छ । युट्युबलाई वर्गीकरण गरी कारबाहीसमेत हुँदै आएको छ । 

मिडिया साक्षरताका लागि राज्यले लगानी बढाउनुपर्ने तर्फ सरकारको ध्यान पुग्नुपर्ने उनको भनाइ थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्