
नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी सुमित्रा रेग्मी सम्मानित भएकी छन् । आज गृह जिल्ला सङ्खुवासभामा चैनपुर नगरपालिकाले उनलाई नगदसहित सम्मान गरेको हो ।
रेग्मीको हौसलाका लागि नगद रु ६५ हजार र सम्मानपत्रसहित सम्मान गरिएको नगरप्रमुख कृष्णकुमार तामाङले जानकारी दिए । राष्ट्रिय टोलीमा सहभागी भई सङ्खुवासभा र चैनपुर नगरपालिका मात्र नभइ देशको गौरव बढाएको भन्दै कदर स्वरुप पुरस्कार र सम्मान प्रदान गरिएको नगरप्रमुख तामाङले बताए ।