
जाडो मौषममा चिसोका कारण बालबालका,वृद्धवृद्धा र सुत्केरी तथा गर्भवति महिलाहरुलाई चिसोले बढी सताउने गर्छ ।
जाडो मौसममा जन्मने शिशुहरुमा शरीरको तापक्रम कम हुने र चिसो लाग्ने सम्भावना बढी हुने चिकित्सकहरु बताउँछन् ।
चिसोका कारण बच्चाहरुमा इन्फेक्सन हुन सक्ने प्रसूति गृह,थापाथली का डा. शैलेन्द्रवीर कर्माचार्यले बताए । उनका अनुसार जाडोमा जन्मने बच्चाहरुमा यस्तो समस्या देखिन सक्छ ।
नवजात शिशुमा हुन सक्ने समस्या
चिसो हुन सक्छ
सुगरको मात्रा कमि हन सक्छ
इन्फेक्सन हुन सक्छ
निमोनिया हुन सक्छ
ठूला बच्चाहरुमा देखिने समस्या
रुघाखोकी लाग्ने
झालापखला हुने
निमोनिया हुने
नवजात शिशुको हेरचाह कसरी गर्ने ?
चिसोबाट शिशुलाई जोगाउने
न्यानो कपडाहरु लगाइदिने
घाममा खाख्ने
शरीरमा टाउँकोमा तेल लगाइदिने
सुत्केरी महिला र शिशुलाई घाम लाग्ने कोठामा राख्ने
नियमित आमाको दुध चुसाउने
गर्भवती तथा सुत्केरी महिलाले ध्यान दिनुपर्ने कुरा
चिसोबाट जोगिने
चिसो खानेकुरा नखाने
पोषिलो र झोलिलो खाना नियमित खाने
मासु, अण्डा, गेडागुडी खानुपर्छ
घर बाहिर निस्किदा बाक्लो र न्यानो कपडा लगाउने
जाडोको समयमा यस्तो गर्नु हुदैन
बच्चा,गर्ववति तथा सुत्केरी महिलाले सर्दी लाग्ने खानेकुरा खानु हुदैन
तातो बानाउने भनेर रुपमा धुँवा आउने गरी आगो बाल्नु हुदैन
बच्चाको आँखा, नाक, कान, पिसाव गर्ने अंगमा तेल लगाइदिनु हुदैन
चिसो कोठामा बस्नु हुदैन
चिया अत्याधिक खानु हुदैन
पाउडर लगाउनु हुदैन