०४ साउन २०८३, सोमबार

नालीमा डुबेको भैँसी बचाउन जाँदा चार दाजुभाइको मृत्यु

भदौ ६, २०८१
काठमाडौं
नालीमा डुबेको भैँसी बचाउन जाँदा चार दाजुभाइको मृत्यु

भारतको राजस्थानस्थित टोंक जिल्लामा नालीमा डुबेर चार दाजुभाइको मृत्यु भएको छ । नालीमा फसेको भैँसीलाई जोगाउन खोज्दा उनीहरूको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । चारै दाजुभाइ १० कक्षामा पढ्थे र पौडी जान्दैनथे । 

आज तकको रिपोर्ट अनुसार घटना टोंकको खुर्द गाउँमा भएको हो । जहाँ चार दाजुभाइले नाला नजिक भैंसी लिएर गएका थिए । चारै जनाको लुगा र चप्पल सडकको छेउमा फेला परेपछि गाउँलेलाई घटना थाहा भएको थियो । 

घटनाको जानकारी पाउनासाथ परिवारका सदस्य र ठूलो संख्यामा स्थानीयवासी घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमा पुगेका मानिसहरूले भैंसीलाई बचाउन चार दाजुभाइमध्ये एकजना पानीमा पसेको हुनसक्ने अनुमान गरेका छन् । उनलाई डुबेको देखेर अरु दाजुभाइ पनि पानीमा हाम फालेको हुनसक्ने उनीहरूको अनुमान छ । 

तर, पानीको गहिराइका कारण कोही पनि बाहिर निस्कन नसकेर एक एक गरी सबै डुबेको समाचारमा उल्लेख छ । 

डुबेर मृत्यु हुने चार दाजुभाइमध्ये हंसराज र दिलखुश शेओराज नाम गरेका व्यक्तिका छोरा थिए । विजय र विकास राधाकिशन बैरवाका छोरा थिए ।

पीडित परिवारका आश्रितलाई सरकारी जागिर दिन परिवारका सदस्यले माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्