![टीआरसी संशोधन विधेयक सच्चाउन माग गर्दै काठमाडौंमा द्वन्द्व पीडितको प्रदर्शन [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/pradashan_9_RiyXiXO5wm.jpg)
द्वन्द्व पीडित सङ्घ संस्थाले सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक (टीआरसी)मा रहेका कमजोरी सच्चाउन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सत्य, न्याय र परिपूरण अधिकारका पक्षधर द्वन्द्व पीडित समुदायले प्रतिनिधि सभाबाट साउन २९ गते पारित संशोधन विधेयक राष्ट्रिय सभाबाट सच्चाउन माग गर्दै बिहीबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

हत्या, अंगभंग र अपाङ्ग बनाउने घटना, यातनालाई गम्भीर मानव अधिकार उल्लङ्घन अन्तर्गत समावेश गर्न, शान्ति सम्झौता, अन्तरिम संविधान र विद्यमान ऐनमा समेत समावेश गरिएको मानवता विरुद्धको अपराधलाई समावेश गर्न एवम् घटी सजाय गर्न सक्ने आवश्यक आधार ऐनमा व्यवस्था गरेर सजाय निर्धारण गर्ने अदालतको अधिकार सुनिश्चित गर्न उनीहरूले माग गरेका छन् ।





