१५ असार २०८३, सोमबार

रुकुम पश्चिममा भूकम्पले चिरा परेको घर भत्कियोः किचिएर मरे २२ बाख्रा

भदौ ६, २०८१
रुकुम पश्चिम
रुकुम पश्चिममा भूकम्पले चिरा परेको घर भत्कियोः किचिएर मरे २२ बाख्रा
प्रतीकात्मक तस्वीर ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० बयाल्यामा वरुण धितालको घर भत्किँदा २२ बाख्रा मरेका छन् ।  बुधवार धितालको घर भत्किँदा २२ बाख्रा किचिएर मरेका हुन् । घरमा रहेका तीन बाख्रा भने घाइते अवस्थामा रहेको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए । 

उनका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो । सोही घर भत्किँदा बाख्रा मरेका हुन् । घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए ।

घरपरिवार अस्थायी आवास (टहरो)मा बसेकाले मानवीय क्षति भने भएको छैन । अन्य क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष चन्दले जानकारी दिए । –रासस

salt training

कमेन्ट गर्नुहोस्