×

संसारभरका लामखुट्टे एकैपटक मास्न सम्भव छ ? के होला त्यसको असर ?

काठमाडाैं | भदौ ६, २०८१

वर्षायाममा जताततै पानी र हरियाली देखिन्छ । यही कारणले गर्दा कतिपयको यो मनपर्ने सिजन हो पनि हो । तर, वर्षायाममा मानिसलाई लामखुट्टेले निकै नै सताउने गरेको हुन्छ ।

Laxmi Bank

गर्मी शुरू हुनेबित्तिकै लामखुट्टेको आतंक बढ्दै जान्छ । यी लामखुट्टे डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको कारण बन्छन् । कतिपयको यसबाट मृत्यु समेत हुने गर्छ ।


Advertisment

आफूलाई सुरक्षित राख्न लामखुट्टेको टोकाइबाट बच्नु महत्त्वपूर्ण छ। त्यसकारण मानिसहरूले प्रायः लामखुट्टेलाई भगाउने प्रयास गर्छन् ।


Advertisment

विज्ञान र प्रविधिको विकासमा निकै फड्को मारिसकेको मानव समुदायले के यो लामखुट्टेलाई सधैंका लागि पृथ्वीबाट भगाउन सक्छ ? यदि त्यसो गर्ने हो भने के असर होला ?

विश्वभर लामखुट्टेका ३ हजारभन्दा बढी प्रजाति रहेको बताइन्छ । संसारका यी सबै लामखुट्टे निर्मूल भए के होला ?

लामखुट्टेको विषयमा लामो अध्ययन गरेका अमेरिकी विशेषज्ञ डा. फिल लोनिबसका अनुसार संसारभरका लामखुट्टे एकैपटक मासिएमा त्यसको 'साइड इफेक्ट' मानव समुदायलाई पनि पर्नेछ ।

लोनिबसका अनुसार जीवजन्तुको रगतमात्र होइन, बोटबिरुवाको रस पिएर लामखुट्टे जीवित रहन्छ । त्यसका कारण बिरुवाको परागकण फैलिन्छ र फूल फलमा परिणत हुन्छ । यो लामखुट्टेको एउटा महत्त्वपूर्ण काम हो ।

यसबाहेक लामखुट्टे प्राकृतिक खाद्य चक्रका लागि पनि महत्त्वपूर्ण छन्। धेरै चराचुरुङ्गी र चमेरोले लामखुट्टे खान्छन् । साथै, माछा र भ्यागुताहरूले पनि लामखुट्टेको स्ल्यागलाई आफ्नो खानाको रूपमा प्रयोग गर्छन् ।

लामखुट्टेलाई एकैपटक मास्ने हो भने त्यसले इको सिस्टमलाई नै प्रभावित पार्ने उनको  भनाइ छ ।

यद्यपि लामखुट्टे नहुँदा संसार नै चल्दैन भन्नेचाहिँ होइन । कतिपय वैज्ञानिकहरू लामखुट्टेलाई निर्मूल पार्ने हो भने अन्य कुनै जीव प्राकृतिक खाद्य शृंखलामा जोडिन सक्ने बताउँछन् ।

पृथ्वीको विकास हुँदा धेरै प्रजाति लोप भइसकेकाले लामखुट्टे लोप हुँदैमा संसार बर्बाद नहुने उनीहरूको तर्क छ ।

तर, लेनिबस भने यसमा फरक धारणा राख्छन् ।

लामखुट्टे लोप भइसकेपछि त्यसको स्थान लिने अन्य प्रजातिले पनि यस्तै रोग नफैलाउलान् भन्न नसकिने उनको तर्क छ । लामखुट्टेलाई प्रतिस्थापन गर्ने जीव लामखुट्टेजत्तिकै वा अझ बढी खतरनाक हुन सक्ने तर्क उनले गरे ।

वैज्ञानिकहरूले लामखुट्टेका सबै प्रजाति एकैपटक नष्ट गर्ने गरी कुनै अनुसन्धान अगाडि बढाएका छैनन् ।

तर, एडिसलगायत रोग फैलाउने प्रकृतिका लामखुट्टेको अनुवांशिक परिवर्तन गरेर सामान्य बनाउन सकिन्छ कि भन्नेमा भने अनुसन्धान हुँदै आएको छ ।

 

 

भदौ १४, २०८०

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रमामा प्रज्ञान रोभर घुम्दै गरेको भिडियो सार्वजनिक गरेको छ । चन्द्रयान- ३ मार्फत पठाइएको उक्त रोभर आफ्ना लागि सुरक्षित स्थान खोज्दै घुमेको भिडियो इसरोले बुधवार स...

असोज २०, २०७९

पृथ्वीमा रहेको हिमनदी पग्लिएपछि त्यसको मुनिबाट पानी बग्न थाल्छ । किनभने यहाँ गुरुत्वाकर्षण बल धेरै छ। हिमस्खलन भनेको हिमपहिरो आउनु हो।  मंगल ग्रहमा पनि हिमनदीहरू छन्, धेरै ठूला । तर, मंगल ग्रहको गुरुत्...

असोज २, २०७९

चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ । सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिन...

जेठ ५, २०८१

 अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ ।  नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेक...

असार ३०, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहीवार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औँ प्...

असार २४, २०७९

विश्वभर एलियनको बारेमा बहस तीव्र भएको छ । ​एलियन्सको बारेमा दिनहुँ धेरै अनौठा दाबीहरू गरिन्छ ।  वैज्ञानिकहरू यस प्रश्नको जवाफ खोजिरहेका छन्, तर अहिलेसम्म उनीहरूले कुनै सफलता पाएका छैनन् । यसै...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

असोज ११, २०८१

हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...

x