०५ साउन २०८३, मंगलबार

अख्तियारको कार्यक्षेत्रभित्र निजी क्षेत्रलाई तान्नुपर्ने अवस्था छैन– अध्यक्ष ढकाल

भदौ ७, २०८१
काठमाडौं
अख्तियारको कार्यक्षेत्रभित्र निजी क्षेत्रलाई तान्नुपर्ने अवस्था छैन– अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रभित्र निजी क्षेत्रलाई तान्नुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले शुक्रवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अख्तियारलाई जोडेर निजी क्षेत्रलाई निरुत्साहित बनाउने गरी कानून निर्माण नगर्न सुझाव दिए ।  

‘निजी क्षेत्रलाई हेर्ने करिब डेढ दर्जन नियामक निकाय छन् ।  यसर्थ अख्तियारको कार्यक्षेत्रभित्र निजी क्षेत्रलाई तान्नु पर्ने अवस्था छैन । यसैले निजी क्षेत्रलाई निरुत्साहित बनाउने गरी कानून निर्माण गर्नु हुँदैन । निजी क्षेत्रमैत्री कानूनी व्यवस्था र नीति निर्माण तहमा निजी क्षेत्रको सहभागिताले नै आर्थिक समृद्धि हासिल हुन्छ,’ उनले भने, ‘राजनीतिक तथा सरोकारवालाहरूले यसमा ध्यान दिनुपर्ने आवश्यक छ ।’

सो अवसरमा अध्यक्ष ढकालले देशको अर्थतन्त्रमा सुधारका संकेत देखिएको बताए । ‘शेयर बजारमा उत्साह थपिएको छ भने घरजग्गा कारोबार पनि बिस्तारै बढ्न थालेको पाइएको छ,’ उनले भने, ‘कर्जाको मागमा पनि सुधार भइरहेकाले यसलाई अझै चलायमान बनाउन आवश्यक रहेको छ । 

null

ढकालले पर्यटक आगमन बढिरहेको तथा रेमिट्यान्समा हालसम्मकै उच्च देखिएको पनि जानकारी दिए । 

‘विदेशी मुद्राको सञ्चिति पर्याप्त हुँदा भुक्तानी सन्तुलन सहज अवस्थामा आएको छ । यसले लगानीकर्ताहरूलाई विश्वासमा लिई काम गर्न सहज वातावरण रहेको छ,’ उनले थपे । 

अध्यक्ष ढकालले अर्थ मन्त्रालयले आर्थिक सुधारका लागि आयोग बनाउने विषयलाई कार्य योजनामा समेटिएको कुरा स्वागतयोग्य रहेको बताए ।

‘जुन पहिलेदेखि हामीले उठाउँदै आएका थियौँ । यसका लागि अर्थमन्त्री विष्णु पौडेललाई धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उनले भने ।

उद्योग व्यवसायले खपत गर्ने विद्युतलाई कच्चापदार्थको रूपमा सुलभ दरमा उपलब्ध गराउन र ह्विलिङ चार्ज तिरेर सिधै बिजुली किन्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए ।


 

salt training

कमेन्ट गर्नुहोस्