१० साउन २०८३, आइतबार

नेतृत्वलाई माओवादी नेताहरूको सुझाव– पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ गरौं

प्रचण्डको जवाफ– पार्टी बलियो बनाउन खुला छलफल भयो, त्यसलाई अन्यथा नलिनू
भदौ ७, २०८१
काठमाडौं
नेतृत्वलाई माओवादी नेताहरूको सुझाव– पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ गरौं
फाइल तस्वीर ।

नेकपा (माओवादी केन्द्र)का नेताहरूले सङ्गठन विस्तारलाई विशेष ध्यान दिन एवं प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रवार बसेको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा आफ्नो धारणा राख्दै नेताहरूले पार्टीभित्र आन्तरिक एकतालाई सुदृढ गरेर संगठन विस्तारलाई ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

शुक्रवारको बैठकमा नेताहरू झक्कु सुवेदी, श्रीकृष्ण अधिकारी, विष्णु सापकोटा, लेखनाथ न्यौपानेलगायत नेताहरूले पार्टीको पछिल्लो अवस्था, संगठन बिस्तार एवम् आन्तरिक एकतामा जोड दिएका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई बलियो बनाउनका लागि खुला छलफल भएको र त्यसलाई अन्यथा रुपमा लिन नहुने बताएका छन् । उनले अब व्यापक रुपमा पार्टी निर्माणतिर जाने र समाजवादी धारका शक्तिलाई सहकार्यको बाटो पहिल्याउने गरी अग्रसर हुने बताएका थिए ।

बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा र नेता हितमान शाक्यलगायतको उपस्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्