३० असार २०८३, मंगलबार

हिन्दूराष्ट्रलाई संविधान संशोधनको एजेन्डा बनाउन कांग्रेस नेताहरूको सुझाव, सभापतिलाई बुझाए स्मरणपत्र

भदौ ७, २०८१
काठमाडौं
हिन्दूराष्ट्रलाई संविधान संशोधनको एजेन्डा बनाउन कांग्रेस नेताहरूको सुझाव, सभापतिलाई बुझाए स्मरणपत्र

नेपाली कांग्रेसका केही नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापनाको विषयलाई गम्भीरतापूर्वक ग्रहण गर्दै यसलाई संविधान संशोधनको एजेन्डा बनाउन पार्टीलाई सुझाव दिएका छन् ।

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान केन्द्रीय समन्वय समितिमा आवद्ध नेताहरूले शुक्रवार पार्टी सभापति शेरबहादुरलाई भेटेर यस्तो सुझाव दिएका हुन् । 

null

पछिल्लो महासमिति बैठकमा महासमिति सदस्यहरूको बहुमतले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षरसहित बुझाएको मागलाई कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले सम्बोधन गर्नुपर्ने भन्दै उनीहरूले सभापतिसमक्ष स्मरणपत्र बुझाएका छन् ।

महाअभियानका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य माननीय शंकर भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सभापति देउवालाई पत्र बुझाएको सहसंयोजक एवम् प्रवक्ता योगेश ढकालले जानकारी दिए । 

महाअभियानमा ढकालसँगै केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, मुक्ताकुमारी यादव, चन्द्र केसी, रङ्गमती शाही, जानकी सिंह र डा रघु काफ्लेलगायत जोडिएका छन् ।

null
 

salt training

कमेन्ट गर्नुहोस्