१९ असार २०८३, शुक्रबार

दैनिक उपभोग्य वस्तुको अभाव हुँदैनः मन्त्री भण्डारी

भदौ ७, २०८१
काठमाडौं
दैनिक उपभोग्य वस्तुको अभाव हुँदैनः मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको कुनै अभाव नहुने स्पष्ट पारेका छन् । 

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । 
 
मन्त्री भण्डारीले चाडबाडका समयमा चिनी, चामललगायत दैनिक अत्यावश्यक वस्तुको अभाव नहुने गरी सहज आपूर्ति र सुपथ मूल्यमा बिक्री गर्न सरकारले कुनै कसर नराख्ने स्पष्ट पारे । कालोबजारी र कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गर्दै उनले बजारलाई व्यवस्थित बनाउन समितिले दिने निर्देशन सरकारले पूर्ण पालना गर्ने बताए । 
 
“चिनीमा कालोबजारी र कृत्रिम अभाव तथा मूल्यमा तलमाथि नहोस् भनेर उत्पादन र आयातको  परिणाम विश्लेषण गरेर एकीन गर्छौं”, मन्त्री भण्डारीले भने, “आगामी दिनमा चिनीको अभाव हुने अवस्थाका बारेमा समितिमा छलफलको विषय नै नबन्ने गरी मन्त्रालयले तयारी गर्नेछ ।” उनले अन्तरमन्त्रालय समन्वय गरेर आवश्यक प्रबन्ध मिलाइने विश्वास दिलाए । 

salt training

कमेन्ट गर्नुहोस्