२५ असार २०८३, बिहीबार

दुर्घटनाका घाइते भेट्न भारतको केन्द्रीय सरकारकी राज्यमन्त्री नेपालमा

भदौ ८, २०८१
काठमाडौं
दुर्घटनाका घाइते भेट्न भारतको केन्द्रीय सरकारकी राज्यमन्त्री नेपालमा

नेपालमा शुक्रबार भएको बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न र मृत्यु भएकाहरूको शव लिएर जान भारत सरकारले एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाएको छ । 

null

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौं आएकी हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै उनी दुर्घटनाका घाइतेलाई भेट्न टिचिङ अस्पताल पुगेकी छन् । घाइते १६ भारतीय यात्रुको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 

शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्