
शुक्रबारदेखि शुरू भएको नेकपा माओवादी केन्द्रको परामर्श बैठक आज पनि जारी छ ।
काठमाडौं उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
शुक्रबारदेखि शुरू भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले आ-आफ्ना विचार व्यक्त गरिरहेका छन् ।
बैठक आज सम्पन्न हुनेछ ।