२४ जेठ २०८३, आइतबार

बाढीले विस्थापित करिब तीन लाख बङ्गलादेशी आपतकालीन आश्रयस्थलमा

भदौ ८, २०८१
काठमाडौं
बाढीले विस्थापित करिब तीन लाख बङ्गलादेशी आपतकालीन आश्रयस्थलमा

ढाका–भारी वर्षाले निम्त्याएको बाढीका कारण विस्थापित भएका करिब तीन लाख बङ्गलादेशी नागरिकले आपतकालीन आश्रयमा शरण लिइरहेको विपद् व्यवस्थापन अधिकारीहरूले शनिवार बताएका छन् ।  

भारी मनसुनी वर्षाका कारण यस हप्ताको शुरूदेखि बङ्गलादेश र भारतमा कम्तीमा ४२ जनाको मृत्यु भएको स्रोतले जनाएको छ ।  

आफ्नो घर पूर्णरूपमा डुबानमा परेकाले आश्रयस्थलमा बस्नु परेको भारतको त्रिपुरा राज्यको सीमा नजिकैको सबैभन्दा बढी प्रभावित जिल्लाका बासिन्दा लुफ्टन नाहरले फेनीको राहत आश्रयस्थलबाट बताए । 

सयौँ नदीहरूले घेरिएको बङ्गलादेशमा पछिल्लो समय बारम्बार बाढीले जनजीवन प्रभावित पारिरहेको छ ।

बाढीका कारण राजधानी ढाकालगायत मुख्य बन्दरगाह शहर र चटगाँवबीचको राजमार्ग तथा रेलवेहरू क्षतिग्रस्त हुँदा बाढी प्रभावित जिल्लामा पुग्न गाह्रो भएको छ भने व्यापारिक गतिविधिमा पनि बाधा पुगेको छ ।

बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र कोक्स बजार हो, जहाँ छिमेकी म्यानमाका करिब १० लाख रोहिंग्या शरणार्थीहरूको बसोबास रहेको छ ।

विपद् व्यवस्थापन मन्त्रालयका सचिव मोहम्मद कामरुल अनुसार बङ्लादेशमा बाढीका करण थप १८ जनाको मृत्यु भएको छ । उनले बाढीका कारण ४५ लाख मानिसको जनजीवन प्रभावित भएको र तीमध्ये दुई लाख ८५ हजार मानिसहरू आपतकालीन आश्रयमा बसिरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्