११ असार २०८३, बिहीबार
दुर्घटना अपडेट

सुनकोशीमा हाइलेक्स गाडी खसेको घटना अपडेटः तीनजना बेपत्ता, एक घाइतेको उपचार हुँदै

भदौ ८, २०८१
काठमाडौं
सुनकोशीमा हाइलेक्स गाडी खसेको घटना अपडेटः तीनजना बेपत्ता, एक घाइतेको उपचार हुँदै

सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट हाइलेक्स गाडी सुनकोशी नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् । 

एकजना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ ।

बेपत्ता हुनेमा भक्तपुरको जगाती बस्दै आएका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय पुनित सैंजु र ३७ वर्षका बलाम घटुवा छन् । 

जगातीकै २७ वर्षीय सुशान्त कक्षपति भने हाम्फालेर बाँचेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले लोकान्तरलाई बताए ।  कक्षपतिको टाउको र पातामा चोट लागेको छ । घाइतेलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार बाकेले गाडी चलाइरहेका थिए । 

‘घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोलीले कार निकाल्ने प्रयास गरिरहेको छ,’एसपी काफ्लेले भने, ‘तर रात परिसकेकाले कठिनाइ हुने देखिन्छ ।’

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको सो हाइलेक्स गाडी शनिवार करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्