०४ असार २०८३, बिहीबार
शंकास्पद वस्तु फेला

धनगढीमा कांग्रेस सभापति देउवाको घरअगाडि शंकास्पद वस्तु फेला

भदौ ९, २०८१
काठमाडौं
धनगढीमा कांग्रेस सभापति देउवाको घरअगाडि शंकास्पद वस्तु फेला

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कैलालीको धनगढीस्थित घरअगाडि शंकास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोषनजिकै रहेको पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको घरअगाडि शनिवार राति शंकास्पद वस्तु फेला परेको कैलालीका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ ।

‘शंकास्पद वस्तु भेटिएको छ । उक्त वस्तु के हो भन्ने कुरा खुलेको छैन र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको छ । टोली त्यसतर्फ जाँदै छ,’ उनले भने ।

धनगढीको घरमा कांग्रेस सभापति देउवाका भतिजा तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाश देउवा बस्ने गर्छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्