०४ असार २०८३, बिहीबार

केन्यामा निर्वाचन हुन बाँकी भएका ठाउँमा पनि चाँडै निर्वाचन गर्ने तयारी

कात्तिक २०, २०७४
केन्यामा निर्वाचन हुन बाँकी भएका ठाउँमा पनि चाँडै निर्वाचन गर्ने तयारी
नैरोबी, १३ कात्तिक (रासस÷एएफपी) : केन्याको निर्वाचन बोर्डले निर्वाचन हुन बाँकी भएको ठाउँमा चाँडै निर्वाचन गर्नेबारेमा निर्णय हुने अपेक्षा गरेको छ । 


निर्वाचन बहिष्कार गरेको विपक्षी दलहरुले नियन्त्रणमा लिएका ठाउँहरुमा तत्काल निर्वाचन गराउन वा राष्ट्रपति उहुरु केन्याटालाई विजयी भएको घोषणा गर्न पनि दबाब परेको छ । 

तर विपक्षी दलका नेता राईला ओडिङ्गका समर्थकहरुले निर्वाचन निष्पक्ष नभएको भन्दै विरोध प्रदर्शन गरेका छन् । ओडिङगाले बहिष्कार गरेकाले केन्याटा जबर्जस्त विजयी हुने सुनिश्चित रहेको छ । 

सात दिनदेखि भइरहेको विरोध प्रदर्शनका क्रममा नौ जनाको मृत्यु भएको छ भने त्यत्तिकै संख्यामा घाइते भएका छन् । 

यसअघि पहिलो पटक गत अगस्ट ८ तारिखमा भएको राष्ट्रपतीय निर्वाचनदेखि अहिलेसम्म निर्वाचनका क्रममा ४९ जनाको निधन भएको छ । 

पछिल्लो राष्ट्रपतीय निर्वाचनका कारण केन्यामा राजनीतिक ध्रुवीकरण बढ्दै गइरहेको छ भने राजनीतिक संकट पनि लम्बिने देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्