
चितवनस्थित मुग्लिन–नारायणगढ सडकखण्डको घुमाउनेमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तीमा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि भरतपुर लगिएको छ । बसमा आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।