२५ असार २०८३, बिहीबार

मध्यपहाडी लोकमार्गमा पहिरोः मङ्गलसेन–ठाटीखाँद सडकखण्ड अवरुद्ध

भदौ ९, २०८१
अछाम
मध्यपहाडी लोकमार्गमा पहिरोः मङ्गलसेन–ठाटीखाँद सडकखण्ड अवरुद्ध

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत अछामकाे मङ्गलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

शनिवार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो । 

उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ । 

अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मङ्गलसेन नगरपालिकासँग समन्वय भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्