२२ जेठ २०८३, शुक्रबार

माल्दिभ्समा तीज कार्यक्रम हुँदै, कमल बीसीदेखि विन्दु परियारसम्मको प्रस्तुति

भदौ ९, २०८१
काठमाडौं
माल्दिभ्समा तीज कार्यक्रम हुँदै, कमल बीसीदेखि विन्दु परियारसम्मको प्रस्तुति

माल्दिभ्सको राजधानी मालेमा नेपाली महिलाहरूको ठूलो पर्व तीजको उपलक्ष्यमा सांगीतिक कार्यक्रम हुने भएको छ । 

बाँके–बर्दिया राइजिङ स्टारको आयोजनामा नेपालका करिब एक दर्जन चर्चित लोक गायक तथा गायिकाको उपस्थितिमा तीज विशेष कार्यक्रम हुन लागेको आयोजक समितिका प्रमुख सन्तोष मगरले जानकारी दिए । 

नेपालबाट गएर कमल बीसी ‘माल्दाइ’ र विन्दु परियारले विशेष प्रस्तुति दिने कार्यक्रम छ । 

यस्तै प्रस्तुतिका लागि ज्योति राना बासेल, सम्झना तामाङ, विष्णु परियार, अनिता परियार, कविता राई, चन्द्रा सुनुवार, लक्ष्मी तामाङ, सिम्पल मगर, सुस्मिता राना, प्रशान्त थापा र कल्पना प्रधान पनि माले पुग्ने समितिका अर्का सदस्य निश्चल पाण्डेले जानकारी गराए । 

आगामी ६ सेप्टेम्बर (भदौ २१)मा मालेको अहमदिया इन्टरनेसनल स्कूलमा दिउँसो ३ बजे आयोजना हुने यस कार्यक्रमलाई इन्द्र सापकोटा र बबिता राईले सञ्चालन गर्दैछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्