२४ जेठ २०८३, आइतबार
मध्यपूर्वमा अर्को तनाब

इजरायलद्वारा लेबनानमाथि हमला, जवाफमा हिज्बुल्लाहले गर्‍यो सयौँ रकेट प्रहार

भदौ ९, २०८१
काठमाडौं
इजरायलद्वारा लेबनानमाथि हमला, जवाफमा हिज्बुल्लाहले गर्‍यो सयौँ रकेट प्रहार
तस्वीहरूः एएफपी/रासस ।

इजरायली सेनाले लेबनानमाथि हमला गरेको छ । आफ्ना युद्ध विमानहरूले लेबनानस्थित हिजबुल्लाहका अखडाहरूमा आक्रमण आइतवार गरिरहेको इजरायली सेनाले जनाएको छ ।

हिजबुल्लाहले आफूतर्फ क्षेप्यास्त्र र रकेट प्रहार गर्ने प्रयास गरिरहेको थाहा पाएपछि आक्रमण गरिएको इजरायली पक्षको दाबी छ ।

हिज्बुल्लाहले पनि इजरायलको उत्तरतर्फ रहेका सैन्य निशानाहरूलाई केन्द्रित गरेर ३२० वटा रकेट प्रहार गरेको बीबीसीले जनाएको छ ।

देशको उत्तरी क्षेत्रलाई निशाना बनाए हिजबुल्लाहले प्रहार गरेका सयौँ रकेट ध्वस्त पारिएको इजरायली सेनाले जनाएको छ । प्रतिरक्षा र आक्रमण दुवैमा उच्च मनाेबलका साथ सेना क्रियाशील रहेको इजरायली सरकारको भनाइ छ ।

null

यता हिजबुल्लाहले भने यसलाई इजरायलमाथिको ‘पहिलो चरण’को आक्रमण भनेको छ । उसले अझै आक्रमण गर्ने चेतावनी दिएको छ । 

हिजबुल्लाहले एउटा विज्ञप्तिमार्फत इजरायलमाथिको रकेट हमला फुआद शुकरको हत्याको बदला भएको बताएको छ ।

सिया समूहका वरिष्ठ सैन्य कमान्डर शुकर जुलाईमा इजरायलले गरेको हवाई हमलाबाट लेबनानको राजधानी बेरुतमा मारिएका थिए ।

लेबनानमाथि आक्रमण गर्नुअघि इजरायलले ४८ घण्टे सङ्कटकाल घोषणा गरेको थियो । त्यो जारी छ । 

यता यसअघि अमेरिकाले हिजबुल्लाहमाथिको आक्रमणमा इजरायललाई आफ्नो समर्थन रहने जनाएको थियाे । 

इजरायल–हमास (प्यालेस्टाइन) तनाब मत्थर भइनसकेको अवस्थामा इजरायलले लेबनानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा नयाँ तनाबको अवस्था सिर्जना भएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्