२८ जेठ २०८३, बिहीबार

दोरम्बा पहिरो : घटनास्थलमै परीक्षण गरेर परिवारलाई बुझाइयो शव

भदौ ९, २०८१
रामेछाप
दोरम्बा पहिरो : घटनास्थलमै परीक्षण गरेर परिवारलाई बुझाइयो शव
फाइल फोटो

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा  गएराति गएको पहिरोमा परी मृत्यु भएका छ जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो ।

हराइरहेका अन्य चार जनाको खोजी भइरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भइरहेको उनले बताए ।

पहिरोमा परी शैलुङ–३ की ३० वर्षीया चण्डीका श्रेष्ठ, उनका १८ महिने छोरा आयुष, सोही वडाका क्रमशः ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीया सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको ज्यान गएको थियो । 

सो वडाको लेखर्कमा गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोले तीनवटा घर बगाएको र एउटा घर पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोले वडा नम्बर २ र ३ को सिमानामा रहेको अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्