
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्ध आफ्नो मुलुकको सैन्य अभियानमा ‘अन्तिम शब्द नभएको’ चेतावनी दिएका छन् ।
'हामी हिजबुल्लाहमाथि अचम्मका साथ प्रहार गर्दैछौँ, यो उत्तरको अवस्था परिवर्तन गर्न र हाम्रा बासिन्दाहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फर्काउने दिशामा थप अर्को कदम हो, र म दोहोर्याउँछु कि यो अन्तिम शब्द होइन,; उहाँले मन्त्रिपरिषद् बैठकमा भने, ‘हाम्रा नागरिक र बलहरूलाई नोक्सान पुर्याउने उद्देश्यले प्रहार गरिएका हजारौँ छोटो दूरीका रेकटहरूलाई सेनाले नष्ट गरेका छौं ।'
यद्यपि इजरायली सञ्चार माध्यमहरूले हिजबुल्लाहले तेल अभिव नजिकै रहेको इजरायली मोसाद जासुसी एजेन्सीको मुख्यालयमा आक्रमण गर्न खोजेको बताएका छन् ।