३० जेठ २०८३, शनिबार

दक्षिणपश्चिमी पाकिस्तानमा भएका विभिन्न आक्रमणमा ३९ जनाको मृत्यु

भदौ १०, २०८१
काठमाडौं
दक्षिणपश्चिमी पाकिस्तानमा भएका विभिन्न आक्रमणमा ३९ जनाको मृत्यु

पृथकतावादी लडाकूसमूहले दक्षिणपश्चिमी पाकिस्तानमा रातभर विभिन्न स्थानमा गरेका आक्रमणमा परी ३९ जनाको मृत्यु भएको सरकारी अधिकारीले सोमबार बताएका छन् ।

बलुचिस्तान प्रान्तीय सरकारका प्रवक्ता शाहिद रिन्दले एएफपीसँग भने, 'बलोच लिबरेसन आर्मीका लडाकूहरूले गरेका विभिन्न समन्वयात्मक आक्रमणमा ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।'

सोमबार बिहान मुसाखाइल जिल्लामा भएको सबैभन्दा ठूलो आक्रमणमा २२ जनाको मृत्यु भएको थियो । 

आक्रमणकारीले पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानेको स्थानीय अधिकारीले बताएका छन् ।

मृत्यु हुनेमा १९ जना पञ्जाबी र तीनजना बलोच सर्वसाधारण रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्