०९ असार २०८३, मंगलबार

सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

भदौ १०, २०८१
काठमाडौं
सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक महत्व बोकेका सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्नेमा जोड दिएकी छन् । 

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीदेवी मन्दिर पुनर्निर्माण समितिले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सम्पदा संरक्षणमा स्थानीय तहको प्रयासको सराहना गरिन् । 

पूर्वराष्ट्रपति भण्डारीले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता हुनुलाई आफूले ठूलो शिक्षाका रूपमा लिएको बताइन् । उनले नेपालमा कला र संस्कृति जोगाउने सवालमा युवा र महिलाको भूमिका बढेको समेत बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्