१० साउन २०८३, आइतबार

ग्राहकलाई झुक्याउने डेरी फर्मलाई साढे दुई लाख डलर जरिवाना

भदौ ११, २०८१
काठमाडौं
ग्राहकलाई झुक्याउने डेरी फर्मलाई साढे दुई लाख डलर जरिवाना

‘शतप्रतिशत शुद्ध’ भनी झुक्याएर कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारेर कारबाही गरिएको छ ।  भारतबाट आयातित नौनी घ्यू बेच्ने तर, आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’को भएको झूटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको हो । 

न्युजिल्यान्डको वाणिज्य आयोगले डेरी कम्पनी मिल्कियो फुड्स लिमिटेडलाई आफ्नो नौनी घ्यू उत्पत्तिको बारेमा झूटो दाबी गरेको आरोपमा सोमबार दुई लाख ६१ हजार ४५२ अमेरिकी डलर जरिवाना गरेको हो ।

ह्यामिल्टनस्थित उक्त फर्मले भारतबाट घ्यू तथा दुधजन्य सामान आयात गर्ने र ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’ डेरी उत्पादनजस्ता दाबीका साथ ग्राहकलाई झट्टा प्रचार गरी  भ्रममा पारेको वाणिज्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले ‘फर्नमार्क लोगो’ प्रयोगका लागि स्वीकृति प्राप्त गर्न गलत र अपूर्ण जानकारी पनि प्रस्तुत गरेको थियो । 

मिल्कियोले न्युजिल्यान्डको ‘शुद्ध व्यवसाय ऐन (फेयर ट्रेडिङ एक्ट) को धारा १५ उल्लङ्घन गरेको स्वीकार गर्दै उचित अनुमति बिना फर्नमार्क लोगो र लाइसेन्स नम्बर प्रयोग गरेको स्वीकारेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्