०५ असार २०८३, शुक्रबार

‘नाडा अटो–शो २०२४’ शुरू, अर्थमन्त्री पौडेलले गरे उद्‌घाटन [तस्वीरहरू]

भदौ ११, २०८१
काठमाडौं
‘नाडा अटो–शो २०२४’ शुरू, अर्थमन्त्री पौडेलले गरे उद्‌घाटन [तस्वीरहरू]

‘नाडा अटो–शो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो-शो २०२४’ को मंगलबार अर्थमन्त्री विष्णु पौडेलले उद्‌घाटन गरेका हुन् ।

आजदेखि शुरू भएको नाडा अटो–शो २०२४ भदौ १६ गतेसम्म प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा चल्नेछ ।​​​

उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अटो मोबाइल क्षेत्रलाई साथ दिन र संरक्षण गर्न सरकार तत्पर रहेको बताए ।

null

अर्थमन्त्री पौडेलले भने, ‘निजी क्षेत्रलाई दुःख दिने प्रवृत्ति स्वीकार गरिने छैन । दुःख दिने काम हुँदैन । यो सरकारले बनाउने नीतिहरू स्थिर नै हुनेछन्, व्यवसायीमैत्री हुन्छन् ।’

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले अटो मोबाइल क्षेत्रको एक मात्रै प्रतिनिधिले हजारौं रोजगारीहरू सृजना गरेको बताए ।

‘अटो मोबाइलप्रति मानिसहरूको पुरानै सोच छ । यसलाई परिवर्तन गर्नुपर्छ । बैङ्कहरूले दिने ऋणमा पनि सीमा लगाइएको छ, यसतर्फ सरकारको ध्यान जाओस्' ढकालले भने ।

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्