३० असार २०८३, मंगलबार

आइसिसीको अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित

भदौ ११, २०८१
काठमाडौं
आइसिसीको अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित भएका छन् । 

सन् २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सचिव र सन् २०२१ देखि एसियाली क्रिकेट परिषद्को अध्यक्षका रूपमा काम गरेका शाहले सन् २०२४ डिसेम्बर १ देखि यो प्रतिष्ठित भूमिका ग्रहण गर्नेछन् । 

आइसिसीको मिडिया विज्ञप्तिअनुसार वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकाल नखोज्ने निर्णय गरेपछि शाह अध्यक्ष पदका लागि एक मात्र उम्मेदवार थिए । 

निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्ने मनसाय व्यक्त गरे । विशेषरूपमा लस एन्जलस २०२८ ओलम्पिकमा यसको आगामी समावेशका साथै एक क्षणमा खेलको विकासका लागि उनले महत्त्वपूर्ण अवसरका रूपमा हेरेका छन् ।  

आइसिसीको नेतृत्व गर्ने शाह सबैभन्दा कम उमेरको व्यक्ति बनेका छन् । विगतमा आइसिसीको नेतृत्व गर्ने जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशाङ्क मनोहरजस्ता भारतीयमा पनि उनी सामेल भएको समाचारहरुमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्