
तनहुँमा एक वर्षको अवधिमा रु तीन अर्बभन्दा बढी बजेट खर्च नभएर फिर्ता भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सङ्घ तथा प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये रु तीन अर्ब ७३ लाख २९ हजार एक सय ४० खर्च हुन नसकी फिर्ता भएको हो ।
सङ्घ सरकारतर्फ रु एक अर्ब ९१ करोड पाँच लाख १२ हजार पाँच सय ४९ र प्रदेश सरकारतर्फ रु एक अर्ब नौ करोड ६८ लाख १६ हजार पाँच सय ९१ खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक नकुल सापकोटाले जानकारी दिए ।
उनका अनुसार सङ्घ सरकारमार्फत चालुतर्फ रु ७८ करोड ४४ लाख ४७ हजार पाँच सय ९८ र पुँजीगततर्फ रु एक अर्ब १२ करोड ६० लाख ६४ हजार नौ सय ५० खर्च हुन सकेन । उक्त अवधिमा चालुतर्फ रु नौ अर्ब ३८ करोड ४५ लाख २३ हजार छ सय ४० र पुँजीगततर्फ रु तीन अर्ब ९६ करोड १४ लाख ५७ हजार तीन सय ९९ गरी रु १३ अर्ब ३४ करोड ५९ लाख ८१ हजार ३९ विनियोजन भएको थियो ।
प्रदेशतर्फ चालुतर्फ रु २७ करोड २१ लाख ४८ हजार नौ सय ७८ र पुँजीगततर्फ रु ८२ करोड ४६ लाख ६७ हजार छ सय १२ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । त्यसअवधिमा चालुतर्फ रु ८७ करोड ४० ला ५३ हजार नौ सय ८० र पुँजीगततर्फ रु तीन अर्ब २६ करोड ६० लाख १६ हजार गरी रु तीन अर्ब ९० करोड ६९ हजार नौ सय ८० विनियोजन गरिएको थियो ।