०७ साउन २०८३, बिहीबार

तीन प्रदेशमा बिहानैदेखि वर्षा, कर्णाली र कोशीमा रातिसम्म ठूलो पानी पर्ने

भदौ १२, २०८१
काठमाडौं
तीन प्रदेशमा बिहानैदेखि वर्षा, कर्णाली र कोशीमा रातिसम्म ठूलो पानी पर्ने

हाल कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानसहित बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति पनि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  राति पनि कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्