२८ असार २०८३, आइतबार

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

भदौ १२, २०८१
काठमाडौं
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च हो ।

यसअघि भदौ ५ गते सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८५५ रुपैयाँ कारोबार भएको छ । 

मंगलबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्